मधेशटप, फागुन ४ गते 

रुसले युक्रेनको सिमाबाट सेना फर्काउने घोषणा गरेपछि सुनको मूल्य १६०० ले घटेको छ । रुसले मंगलबारदेखि युक्रेनको सिमाबाट सेना फर्काउने प्रक्रिया सुरू गर्ने जनाएको थियो ।

रुसको उक्त घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि घटेको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, महासंघले हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

हिजो मंगलबार तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८५ रुपैयाँ कायम छ ।