मधेशटप, फागुन ४ गते 

काठमाडौं नेपालमै पहिलो पटक उत्पादन भएको क्यान्सर रोगविरुद्धको औषधि एन्टिक्यान्सर ड्रग बजारमा आएको छ । टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको कम्पनीका निर्देशक शैलेश वैद्यले जानकारी दिए ।

क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको वैद्यको दाबी छ ।‘नेपालभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ ।

विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भइसकेको छ’ निर्देशक वैद्यले भनेको छ ।टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याव एसपीएएल सँग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।