मधेशटप, फागुन ४ गते 

सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् ।

एमसीसीको विरोधमा ६ वटा जनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक एसपीप्रविण धितालले आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको बताए ।

उनका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन पनि छिटफुट रुपमा मात्रै चलिरहेको एसपी धितालले बताए ।यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् ।

कैलालीको लम्कीमा शंकास्पद वस्तुपूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका–३ मा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी रविन विष्टले लम्कीचुहा नगरपालिका–३ स्थित धोवेनी खोलाको पुलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।त्यहाँ भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।

डीएसपी विष्टकाअनुसार जिल्लामा रात्रीकालीन बसहरु गन्तव्यतर्फ गइरहेको भएपनि अन्य सवारी साधन चल्न सकेका छैनन् ।एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा ९क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।