मधेशटप, फागुन ४ गते 

सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी ‘प्राङ्क’ गर्ने एकजना युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

प्राङ्क गरेको आरोपमा झापाको विर्तामोड नगरपालिका–४ घर भएर भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जनाइएको छ ।प्राङ्कको नाममा सेढाईले सर्वसाधारणलाई मानसिक रुपमा सास्ती दिने र दिक्दार लगाउने काम गर्दै आएका थिए ।

सर्वसाधारणलाई हैरानी पारेर खिचेको गोप्य भिडियो उनले ‘नेपाली प्राङ्कर’ नामको युट्युव च्यानलमा अपलोड गर्ने गरेका थिए ।उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताएका छन ।