मधेशटप, फागुन ४ गते 

आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले दाङबाट एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा दाङ शान्तिनगर गाँउपालिका वडा नं ३ स्थित चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगर रहेका छन् ।

उनले आफ्नै सहोदर कान्छो छोरा १९वर्षीय गोपाल मगरको तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।