मधेशटप, फागुन ४ गते 

नेपाल आइडलको दोस्रो सिजनमार्फत् चर्चामा आएका गायक अमित बरालको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ। कमल रेग्मीको शब्दमा रहेको र बरालले स्वर दिएको गीत बुधबार सार्वजनिक भएको हो।

गीतमा एक युवकले आफ्नो प्रेमिकाप्रति प्रस्तुत गरेका भावनालाई समेटिएको छ।

गीतमा पुष्पन प्रधानले संगीत दिएका छन्। संगीतमा ताल जोय नन्दीको छ भने बाँसुरीमा बुबई नन्दी, गितारमा भास्कर सुनार र सितारमा सुवास बोस रहेका छन्।‘भिजुअल आर्टस्’को ब्यानरमा बनेको गीतको भिडियोलाई बिबेक रसाईंलीले निर्दशन गरेका छन्।

भिडियोमा गायक अमित बराल र इशा बरालकै अभिनय रहेको छ। भिडियोको कला निर्देशन सुष्मा सिग्देलले गरेकी छिन भने सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्।