मधेशटप, फागुन ४ गते 

महोत्तरीको गौशालामा आज बुधबार एक महिलाको शव फेला परेको छ ।गौशाला नगरपालिका वडा नम्बर १२ स्थित सागरनाथ वन परियोजना अन्तर्गत निर्माणाधीन रेलवे लिक भन्दा ५०० मिटर दक्षिण जंगल क्षेत्रमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जनाएको छ ।

फेला परेको शव करिव २५–२६ वर्षीया पहिचान नखुलेको महिलाको रहेको प्रहरीले जनाएको छ । महिला गर्भवती अवस्थाको रहेको र घाटीमा डाम देखिएकोले उनको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटना स्थलको प्रकृति मुचुल्का उठाई शव परिक्षणको लागि जलेश्वर अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।