मधेशटप, फागुन ४ गते 

होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् ।

चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए ।‘पुरानो अडरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै तोकिएको छैन, दुई दिनदेखि उद्योगीले बजारमा चिनी पठाएका छैनन्,’ ती व्यापारीले अनलाइनखबरसँग भने ।

उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकिलो ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको व्यापारीहरुको आरोप छ ।

नयाँ चिनीको मूल्य प्रतिबोरामा ३६ रुपैयाँसम्मले बढ्न सक्ने जानकारी उद्योगीहरुबाट आएको अर्का होलसेल व्यापारी सञ्जय फुँयालले बताए । टोखा चेम्बर अफ कमर्शका अध्यक्षसमेत रहेका फुँयालकाअनुसार अहिले बजारमा पुरानो चिनी मात्रै आइरहेको छ । ‘नयाँ चिनी आएको छैन, मूल्य बढ्ने जानकारी भने आएको छ’ फुयाँलले भने ।

बोरामा ३६ रुपैयाँले बढ्ने चिनीले उपभोक्ताको मूल्यमा भने खासै असर नगर्ने उनले बताए ।उद्योगीले नयाँ चिनीको बिक्री रोकेको गुनासो आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘

दुई दिनदेखि बजारमा उद्योगीले नयाँ चिनी नपठाएको र मूल्य बढाएपछि मात्रै बजारमा चिनी उपलब्ध हुने जानकारी गराएको सूचना आएको छ,’