मधेशटप,फागुन ५

सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेका छन । नेपाल भारत सीमास्थित मलंगवा नगरपालिका ८, बाट चेक जाँचका क्रममा लागू औषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेका छन ।

साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता ९०० वटा एक बोटल कफरेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो ।

पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन ।