मधेशटप,फागुन ५

नबिन यादव

सप्तरी ;सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार झडप भएको घटनामा गाउँपालिका अध्यक्ष र वडा सदस्य मालति देवी सदाले आमजनतालाई अन्यौल मा राखेर प्रदर्शनमा उतारिएको एडियो किलिप सर्वजानिक भएको छ।

गाउँपालिका मा तालातोडने क्रममा विवाद हुँदा आएको जनतामध्ये केहि आम जनताहरूले कार्यपालिका सदस्य मालती देवि सदा ले जुलुस मा जान भनी ल्याएकी हुन्न भने केहिले अध्यक्ष ले प्रत्येक वडा बाट मान्छे मांग गरेको हुँदा जानु पर्छ भने फाल्गुन ३ गते गाउँपालिकामा आएका आमजनताहरुले बताएका छ्न ।

उता गाउँपालिकी उपाध्यक्ष सुचिता यादवले गाउँपालिकामा बिभिन्न आर्थिक बर्षको सूचना मांग गर्दा उल्टे उपाध्यक्ष प्रति होच्याउने श्रृङ्ख्ला प्रति उपाध्यक्षले पटक पटक पालिकामा तालाबन्दीसमेत गर्दे आएकी थिईन।

यस भन्दा पहिला सूचना को लागि पटक पटक मांग राख्दा सूचना नपाउँदा गाउँपालिका उपाध्यक्ष द्वारा प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्ष मा ताला लगाएको थिईन, पछि प्रमुख जिल्ला अधिकारी को सम्नब्यम मा उपाध्यक्ष लाई जानकारी उपलब्ध गराउने गरि सम्झौता भई ताला खोलिएको थियो ।

तर पनि तोकिएको समय सम्म जानकारी उपलब्ध नगारएको हुनाले पुनः ताला लगाउन बाध्य भएकी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादव ले बताईन ।

पुनः माघ २० गते लगाएको ताला फाल्गुन २ गते तोडन आएको केहि महिला तथा मांग सम्बोधन नहुनजेल ताला कायम राख्ने समूह बिच ताला भाच्न तथा जोगाउने क्रममा मा हात हालाहाल समेत भएको थियो।

माघ ३ गते गाउँपालिका का केहि अगुवाहरू द्वारा बार्ता गरिए पछि समस्या समाधान संगै विवाद शान्त भएको छ।