मधेशटप,फागुन ५

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुन ९५ हजार ६ सय रुपैयाँमा प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।