मधेशटप समाचारदाता,

उमेश कुमार साह ।

सप्तरी :  धर्मी हल्फा महिला विकास क्लव सप्तरीले आगलागीको घटनामा पीडित भएका परिवारलाई राहत वितरण गरेको छ ।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नंं.–३ सारस्वरका अग्निपीडित सन्तोष कुमार साहको परिवारलाई राहत स्वरुप क्लवले विभिन्न सामग्रीहरु वितरण गरेका हुन् ।

अग्निपीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल ,तन्ना, धोती, साड़ी, थाल, गिलास, कराही, डेकची, छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी सूर्य नारायण यादवले जानकारी दिए ।

गत माघ २० गते आगलागी हुँदा लाख बराबरको क्षति भएको थियो ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायव निरीक्षक सुरेश पाल पत्रकार उमेश कुमार साह र लोकेन्द्र प्रसाद यादव लगायतका स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।साथै ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक सुरेश पाल, पत्रकार उमेश कुमार साह र लोकेन्द्र प्रसाद यादव समेतलाई समान गरेका छन।