मधेशटप,फागुन,६ 

बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका(९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाइएको छन ।