ड्रामा क्विनको उपनामले चर्चित बलिउड अभिनेत्री राखी सावन्तले आफ्नो पति रितेश सिंहका साथ अलग भएको खुलासा गरेकी छन्।

उनले अलग हुने फैसला आफ्नो नभई पतिको भएको बताएकी छन्।सन् २०१९ मा नै विवाह गरे पनि राखीले पतिलाई मिडियामा भने सार्वजनिक गरेकी थिइनन्।

केही समयअघि चर्चित रियालिटी शो बिग बोसमा भाग लिएकी राखीले उक्त शोमार्फत पहिलोपटक रितेशलाई सार्वजनिक गरेकी थिइन्।

बिग बोसबाटै चर्चामा आएको यो जोडीको सम्बन्धमा त्यसपछि नै समस्या शुरु भएको जनाइएको छ।‘केही हप्ताअघि बिग बोसमा भाग लिएर आएपछि हामी मुम्बईस्थित घरमा एकसाथ बस्दै आएका थियौँ। केही कुरामा मतभेद भए पनि हामी यसलाई सुल्झाउने प्रयासमा थियौँ।