मधेशटप,फागुन,६ 

भक्तपुर, भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु देहत्यागबाट नभई कुट पिटबाट हुनसक्ने आशंका गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी हालिएको छ ।

मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी हालेका हुन् ।चाँगुनारायण नगरपालिका(६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले देहत्याग गरेको प्रहरीले जनाएको थियो ।

उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर देहत्याग गरेको भक्तपुर प्रहरीले जनाएको थियो ।

 

तर उनका पतिसहितले देहत्यागबाट नभई आफ्नै परिवारका सदस्यहरुको कुटपिटबाट मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीमा छानबिनका लागि उजुरी हालेका हुन् ।

प्रहरीले भने घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकको र त्यसबाट देहत्याग भएको देखिएको जनाएको छ ।

थप अनुसन्धान भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।