मधेशटप, फागुन ८ गते।

आज साताको पहिलो कारोबार दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ५०० र तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ प्रतितोला थियो ।

यस्तै, सुनको मूल्य सामान्य उकालो लागे पनि आज चाँदीको मूल्य भने स्थिर छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही कायम थियो ।