मधेशटप, फागुन ८ गते।

मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

कान्ति लोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन

।तिब्र गतिमा रहेको उक्त मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको उनले बताए । दुर्घटनामा गम्भीर घाइते वाइबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताएका छन ।

त्यस्तै दुर्घटनामा मोटरसाईकलमा सवार सोही स्थान बस्ने ३१ वर्षीय रमेश बल घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।