मधेशटप, फागुन ८ गते।

भारतको राजस्थानको कोटामा आइतबार बिहान ठूलो दुर्घटना भएको छ । दुलहासमेत ९ जन्तीलाई लिएर गइरहेको तीब्र गतिको कार चम्बल नदीमा खस्यो ।

दुर्घटनामा सबैको मृत्यु भयो । नदीमा डुबेका सबैको शव बाहिर निकालिएको छ ।जन्ती चौथको बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै थियो ।

सबै ९ जना एउटै कारमा सवार थिए । निगम गोताखोर विष्णु श्रृंगीका अनुसार दुर्घटना बिहान साढे पाँच बजे भएको थियो । पैदल यात्रुले चम्बल नदीमा कार पल्टिएको देखे पछि निगमको गोताखोरको समूह घटनास्थल पुग्यो ।

क्रेनको मद्दतले कार बाहिर निकालियो ।मृतकमा दुलहा अविनाश वाल्मिकी पनि समावेश छन् । परिवारले दिएको जानकारी अनुसार कारमा अविनाशसँग साथी र केही आफन्त थिए ।

उनीहरुसँग जन्तीको एउटा बस पनि गइरहेको थियो जुन अगाडि गइसकेको थियो । यो बसमा ७० जना सवार थिए । उनीहरु बरवाडाबाट २ बजे हिँडेका थिए ।

त्यसपछि सबैजना केशोरायपाटनमा चिया पिउनका लागि बसे । त्यसपछि बस अघि बढ्यो । जब बसले कोटा पार गरिसकेको थियो तब त्यसमा सवार जन्तीलाई कार त निकै पर भएको भान भयो ।

त्यसपछि केही मानिसले कार चम्बलमा नै दुर्घटनाग्रस्त भएको जानकारी जन्तीलाई दिएका छन ।