मधेशटप, फागुन ८ गते।

अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् ।

दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।शुक्रबार राति जोडीको संगीत समारोह थियो ।

विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए ।

फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि दुवैले सन् २०१८ मा आफ्नो सम्बन्धबारे खुलासा गरेका थिए ।

फरहानको शिबानीसँग दोस्रो विवाह हो । यसअघि उनले हेयर स्टाइलिस्ट अधुनासँग विवाह गरेका थिए । उनको दुई जना छोरी पनि छन् ।