मधेशटप, फागुन ८ गते।

जनकपुरधाम ;धनुषा शहिदनगर नगरपालिकाको वडा नम्बर ६ को आफ्नै प्रशासनीक भवनको उदघाटन विहिबार विधिवत गरिएको छ ।

वडा नम्बर ६ हडवारास्थित विहिबार शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादव ले उदघाटन गरेका हुन् ।

प्रशासनीक भवन नहुँदा नागरिकलाई कामकाजमा अवरोध हुँदै आएको थियो । वडा नम्बर ६ का वडाध्यक्ष राम एकवाल मण्डलको अध्यक्षता एवम् नगर प्रमुख बरबरियाको प्रमुख आतिथ्यमा आयोजित समुदघाटन समारोहबीच दुई तल्ले प्रशासनीक भवनको उदघाटन गरिएको हो ।

वडास्तरीय बजेटबाट ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुई तल्ले भवनको उदघाटन कार्यक्रममा बोल्दै मेयर बरबरियाले जनप्रतिनीधिको हैसियतले शहिदनगरवासीको सपनाको एक पाईला थप सशक्त भएको बताएका छन ।

आफ्नै प्रशासनीक भवन भएपछि वडा नम्बर ६ का वडावासीलाई प्रशासनीक कामकाजको लागि अन्त्य कतै दौडधुप गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।

प्रशासनीक भवनमै सबै सुविधा उपलब्ध हुने भएपछि वडावासीलाई थप सहज भएको बताए ।

दुई तल्ले प्रशासनीक भवनमा ८ वटा कोठासहित शौचालय निर्माण गरिएको छ ।

यसअघि सोही ठाउँमा मेयर बरबरियाले स्वास्थ्यचौकीको भवन उदघाटन गरेका थिए ।शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको विशिष्ट आतिथ्यमा सम्पन्न उदघाटन समारोहमा उदघाटन गरिएको सो प्रशासनिक भवनमा वडाध्यक्षको कार्यकक्ष, वडासचिवको कार्यकक्ष, मिटिँग हल, तथ्याँक कोठा लगायत विभिन्न शाखाहरुको कोठा छुटयाइएको छ ।

वडाको प्रशासनिक भवन निर्माणको लागि नगर प्रमुख बरबरियाले विशेष पहल गरेका थिए । उनले प्रशासनिक भवनको निर्माणधीन अवस्थामा विभिन्न समयमा अनुमगन गरी कार्य तिव्र पार्न निर्देशन दिँदै आएका थिए ।