मधेशटप, फागुन ८ गते।

निर्देशक मिलन चाम्सको फिल्म ‘बर एन्ड बधु’ को मुख्य भुमिकाको लागि कलाकार विजय लामा भित्रिएका छन् । फिल्मको मुख्य भुमिकामा लामा छनौट भएको निर्देशक चाम्सले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

चाम्सले लामासँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने जनाएका छन् ।‘बर एन्ड बधु’ मा यस अगाडि मुख्य भुमिकाको लागि आँचल शर्मा छानिएकी छिन् ।

‘बर एन्ड बधु’को फागुन अन्तिमबाट छायांकन हुँदैछ । निर्माण युनिट यसका लागि अहिले धमाधम कलाकार छनौटमा छ ।विजय लामासँग काम गर्न सहज हुने र आफ्नै प्रोडक्सनको फिल्म जसरी सहयोग गर्ने भएकाले लगातार काम गर्दै आएको चाम्सले बताएका छन ।

‘बर एन्ड बधु’ मा अभिनेता शिव श्रेष्ठ पनि मुख्य भुमिकामा हुनेछन् । फिल्मका लागि आँचलको अपोजिटमा नायकको खोजी भइरहेको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा आँचल ‘बधु’ को भूमिकामा देखिनेछिन् । उनले फिल्मका लागि १० केजी तौल घटाएकी छन् ।