मधेशटप, फागुन ८ गते।

महानगरीय प्रहरी परिसरले तीनवटा चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(१० नयाँ बानेश्वर स्थायी घर भई कोटेश्वर बस्‍दै आएका २१ वर्षीय पुल्कित ठकुरी रहरेका छन् ।

उनको साथबाट प्रहरीले बा ९२ प ३८ नं। को ३५० सीसीको बुलेट बाइक, १५० सीसीको नीलो रङको पल्सर मोटरसाइकल र कालो रङको एभेन्जर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका माथि ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।