मधेशटप, फागुन ८ गते।

काठमाडौं बस्ने ध्रुव यस्माली ९नाम परिवर्तन० लाई एउटा फोन आयो । फोन गर्नेले भने–‘म ई–सेवाबाट बोलेको, तपाईको खातामा ५० हजार रकम जम्मा गर्नुभयो भने आकर्षक रकम बोनस पाउनुहुन्छ ।आफुलाई ई–सेवाको कर्मचारी दावी गर्नेले भने– ‘बोनस आउने प्रक्रियामा छ, तपाईंको मोबाइलमा एउटा कोड आएको छ, त्यो मलाई म्यसेज गर्नुस् ।

’ त्यो ओटिपी कोड थियो । ओटिपी कोड पाएपछि ती किशोर सम्पर्कविहिन भए । केही दिनमा ई–सेवा संग लिङ्क गरिएको उनको एनआईसी एसिया बैंकको खाताबाट ४ लाख ४४ हजार ट्रान्सफर गरियो ।

उनि छाँगाबाट खसेजस्तै भए ।
यसरी ई–सेवाबाट बैंकको खातामा पहुँच बनाएर रकम ट्रान्सफर गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज घर भएका १७ र १८ वर्षका किशोरहरुलाई पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय अपराध अपराध महाशाखाका प्रवक्ता ९एसपी० कृष्ण कोइरालाले बताएक छन् ।

आरोपीहरु १२ कक्षामा पढ्छन् । उमेर नपुगेको हुनाले प्रहरीले उनिहरुको नाम सार्वजनिक गरेको छैन् अर्डरको आइफोन रिसिभ गर्न लाग्दा।।।
टिकटकमा एउटा विज्ञापन थियो, आइफोन–१३ प्रोम्याक्स बिक्री सम्बन्धी ।

अनलाईन ठगीमा संलग्न किशोरहरुले सो विज्ञापनकर्तालाई सम्पर्क गरेर मोवाईल अर्डर गरे ।

मोबाईल विक्रेतालाई उनीहरुले ध्रुवको बैंक खताबाट पैसा ट्रान्सफर गरिदिए ।

१ लाख ९० हजार पर्ने आइफोन काठमाडौबाट वीरगञ्ज डेलिभरी हुँदै थियो । पीडितको उजुरीका आधारमा अपराध महाशाखाका अनुसन्धान अधिकृत मोवाइल बिक्रेताकहाँ पुगेका थिए ।

प्रहरीले भने अनुसार विक्रेता आइफोनको कभर लिएर वीरगञ्ज गए । सादा पोशाकका प्रहरीले मोवाइल लिन आएका एकजना किशोरलाई नियन्त्रणमा लिए ।

पहिले पक्राउ परेका किशोरको बयानको आधारमा अर्का आरोपी पक्राउ परेका हुन् ।