मधेशटप, फागुन ९ गते।

अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व तम्घासको जिप पार्कमा मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार बिहान मृत अवस्थामा भेटिएका उनको पहिचान भइसकेको र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाइने गुल्मी प्रहरीले जनाएको छ ।

अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन ।