मधेशटप, फागुन ९ गते।

मधेस प्रदेशको भौतिक पुर्वधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टीमा भ्युटावर बनाउने भएको छ ।मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो ।

भ्युटावरको उचाइ ९० फिट रहने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त भ्युटावर ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पुर्वधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए ।

मन्त्री यादवले मुलुककै सबैभन्दा होँचो ठाउँमा भ्युटावर बनेपछि पिकनिक स्पटको रूपमा स्थापित हुने बताएकम छन ।

सोही ठाउँमा रहेको एक पोखरीको सौन्दर्यीकरण गरी त्यसमा डुंगा चलाउने व्यवस्थापन समेत गरिने मन्त्री यादवले जानकारी दिए र सो ठाउँमा बासस्थानको समेत व्यवस्था रहने छ ।

भ्युटावर र पिकनिक स्पटको क्षेत्रफल करिब १४ कठ्ठा रहने बताइएको छ । भ्युटावर निर्माण गर्न करिब ७ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।