अजय यादवको  आफ्नो विचार !

 

जनकपुरधाम :  मेरो व्यत्तिगत बिचार तपाई लाई कस्तो लाग्छ पढेर प्रतिक्रिया दिनुहोला र एउटा शेयर अवस्य गर्नुहोला ।

राष्ट्रघाती नेता र राष्ट्रघाती एम.सि.सि हामी सबै नेपाली दाजुभाइ दिदिबहिनी र मित्रहरू मिलेर बहिष्कार गरौं । एम.सि.सि कुनै किसिमले देश र जनताको उपलब्धिको हितमा छैन बरु यो एम.सि.सि बाट केही नेपालका पोलिटिकल लिडर र पुरा फाइदा अमेरिका का हुन्छ ।

एम.सि.सि नेपालमा आउदा खेरी ५५ अर्व दिन्छ त्यो पैसाले नेपाल सुवरग बन्छ भने केही नेताहरुलाई लाज लाग्दैन । Ncell आउदा खेरी ७० अर्व दिएको थियो के त्यो पैसाले नेपालको मुहार फेरियो , फेरिएन नि त त्यो ५५ अर्वले के हुन्छ..? वरु काहीँ यो हुन्छ कि नेताहरुको गोजि भर्ने गर्छ तर यो भन्दा बढी केही हुदैन म चाइलेन्ज दिन्छु ।

एम.सि.सि संग भएका सम्झौताका केही बिदा यस्ता छन ।
• धारा ३ को दफा ३-२ ( च ) – सम्पुर्ण बौद्धिक सम्पतिमा अमेरिकाको अधिकार हुनेछ
• धारा ३ ( ७ ) ( क ) ”परियोजनाको लेखापरीक्षण अमेरिकाको कम्पनिले मात्र गर्न सकिन्छ
• धारा ५ को ( क ) र ( ख ) – अमेरिका सरकारले चाहेमा जुन सुकै बेलामा पनि यो सम्झौता रद्द बन्द गर्न सक्नेछ
• धारा ७ को दफा ७ ( क ) प्रस्तुत सम्झौता लागू भए पछि प्रस्तुत सम्झौतामा उल्लेखित र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ
• अनुसूची १ ( ग ) को २ – यश परियोजनामा नेपाल सरकारले राज्यका कुनै पनि निकायलाई खटाउनु पर्दा एम.सि.सि को स्वीकृति लिनु पर्ने छ
• अनुसूची ४ ( क ) – नेपाल सरकारले एम.सि.सि लाई चित बुझ्ने योजना तयार पारी पठाउनु पर्ने छ र त्यस्तो योजना भारतको सरकारले समर्थन हुनु पर्ने छ
हामीलाई यो बुन्दाहरु बाट एउटा बुन्दा पनि राम्रो लागेन , यो बुन्दाहरु नेपाल सरकारले पास गरियो भने हाम्रो देशको सवभिमान झडाउनु

 

अनिश यादव:

हाम्रो देश को माननीय ज्यु हरु कति राम्ररी आफ्नो मनले संविधान लेखी रहनु भएछ ! आज कति महिना देखि यो MCC खारेज गराउनका लागि विभिन्न ठाउँमा विभिन्न पार्टीका कार्यकर्ताद्वारा तथा आम जनताद्वारा सडकमा उत्रेका छन्! येति भए पनि हाम्रो देश को सरकार सुनिरहेका छैन।

जुन सरकार आफ्नो देशको आम जनताको सुन्दैन अनि त्यस्ता सरकारका के काम त? जुन सरकार हामी आम जनताको सुन्दैन अनि यस्ता सरकार किन चाहियो हामीलाई?यस्तो सरकार हुनुभन्दा त बिना सरकारको राम्रो हुन्थ्यो होला आज ३,४ दिन देखि काठमाडौंमा MCC टेबल न हुन दिन का लागि युवा दाई दिदी हरु लगायत बुढापाकाहरु पनि सडकमा उत्रेका छन् तर पनि यो हाम्रो देशको सरकार MCC table गरिदीयो! हजारौंको संख्यामा सडकमा उत्रेका युवा दाइ दिदीहरू तथा हाम्रो देशको बुढापाकाहरु धेरै कराएँ MCC चाहिदैन तैपनि हाम्रो सरकार हामी आम जनताको सुनिएन र MCC टेबल गरिदिए।

आन्दोलनकारीहरु आफ्नो घर छोडेर अन्य कामहरु छोडेर सडकमा उत्रिन्छन् हाम्रो देशको सरकार सुनिरहेको छैन र आन्दोलन गर्न गएका आन्दोलनकारीहरु माथी प्रहरी दमन समेत गराइन्छ अनि यस्ता मा आन्दोलनकारीहरु पनि ढुङ्गाहरुले प्रहरीमाथि हमला गर्छ र यस्ता मा दर्जनौं आम जनता तथा प्रहरीहरु घाइते हुन्छ! यति हुन्छ तैपनि हाम्रो सरकार सुन्दैन यो दुख लाग्ने कुरा हो हामी आम जनताको लागि! हामी सोसल मिडियादेखि सडक सम्म कराए तैपनि MCC table गरिए एती कराए तैपनि हाम्रो माननीय ज्यु हरु सुनिरा छैन त हाम्रो तर पनि हामी अहिले पनि पछि हट्ने छैनौ ।

हाम्रो देशको आम जनताहरु अहिले नि सडकमा उत्रिन्छन्। तर यो हाम्रो लागि एउटा ठुलो विडम्बना हो साथि हरु ।

यो नेपाल देश एउटा यस्तो देश हुन कि कहिले अरुको गुलाम बनेको छैन र भबिष्यमा कहिले पनि बन्दैन
हामीलाई एम.सि.सि चाहिदैन, नेपाल बेच्न पाइदैन ।