महोत्तरी जिल्लाको गौशाला नगरपालिका ५ स्थित शान्तिनगर क्षेत्र डुवानमा परेकाले स्थानियहरुलाई सास्ति वेहोर्नु परेको छ ।

केही दिन पहिले बेमौसमी वर्षाको कारण जलासाय भएकोले घर डुवानमा परेको छ भने कतिपयले घर बनाउन शुरु गरेको ठाउँ पानी जमेर काम गर्न अप्ठायारो भएकोले लाखा‌ै लाखको क्षति भएको स्थानिय राज नारायण यादवले बताएका छन ।

सडक बनाउनु भन्दा पहिले नाला बनाउनु पर्ने अर्थात पानिको निकासको लागि सोच्नु पर्ने तर नगरपालिकाले त्यस तर्फ कदापि ध्यान नदिएको कारण शान्तिनगर क्षेत्रका घरहरु डुवानमा परेको यादवले बताएका छन ।

सडक बनाएर हुँद‌ैन नालाको व्यवस्था गरेर सडक बनाएको भए घर डुवानमा पर्ने थिएन होला स्थानियहरु ले गुनासो गरेका छन।