मधेशटप, फागुन १० गते।
काठमाडौंको बलम्बुमा १४ वर्षीय किशोर मृत भेटिएका छन् ।
स्थानीय खोलामा उदयपुरको ताप्ली गाउँपालिका स्थानीय घर भएका अनिश राउतको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन ।
शव भेटिएलगत्तै महानगरीय प्रहरी परिसर, टेकु र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको थियो ।
मृतकका बुबा दिलकुमार राउतले बताएअनुसार अनिश सोमबार अपराह्न ४ बजे घरबाट निस्किएका थिए ।
‘राति ९ बजेतिर श्रीमतीले फोन गरेकी थिइन्, कुरा पनि भएको थियो’ ‘बिहान ८ बजे प्रहरीले यस्तो खबर सुनायो ।
’प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकले लागुऔषध सेवन गरेको देखिएको छ ।
‘शरीरमा शंकास्पद चोटपटक त देखिएन थप अनुसन्घान भइरहेको प्रहरीले जनाइएको छ ।
Discussion about this post