मधेशटप, फागुन १० गते।

बजारबाट फिर्ता भएका कुकिज र पाउरोटीबाट पुनः कुकिज टोष्ट तथा बिस्कुट उत्पादन गरेको आरोपमा प्रहरीले ललितपुरको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’मा सिल गरेको छ ।

ललितपुरको सुनाकोठीमा सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचलन गरेको कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण प्रसाद कोइरालाले जनाचइएको छ।

ललितपुर महानगरपालिका–२७ मा अखाद्य विस्कुट उत्पादन गर्ने श्रेष्ठलाई माघ ६ मा अपराध महाशाखाले ६५ सय लिटर नक्कली मह सहित पक्राउ गरेको थियो ।

प्रहरीले काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठमा उनले संचालन गरेको मह कारखानामा छापा मारेको थियो ।

३ वर्ष पुरानो कुकिजलाई धुलो बनाएर कुकिज, बटर क्रेकर र काजु बिस्कुट बनाउने गरेको एसपी कोइरालाले बताएका छन । पुराना पाउरोटीलाई श्रेष्ठले क्रन्ची र चिकेन टोष्ट बनाएर पनि प्रयोगमा ल्याउँथे ।