मधेशटप, फागुन १० गते।

महोत्तरी; काठमाडौंको सामाखुशीबाट चोरीको मोटरसाईकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने २०वर्षीय संजय विश्वकर्मालाई बास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३०२ १२ प ५५८२नम्वर भएको एनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी उपरीक्षक उमेश राज जोशीले जानकारी दिएका छन ।

वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाईकल यहि पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाईकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताएकन छन ।

त्यसैगरी सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाईकलसहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राई नियन्त्रणमा आएका हुन ।

कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाईकल चोरी भएको भनी यहि असोजमा निबेदन दिएको महाशाखाले जनाएको छ ।

मोटरसाईकलसहित पक्राउ गरि दुबै जनालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागि महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएको छ ।