मधेशटप, फागुन १० गते।

मनरा सिश्वा नगरपालिका वडा नं ५ को कटैया गाउँदेखि सिधा पुर्वमा वडा नं ८ सहसराम गाउँ जोडने बाटोको अवस्था यतिखेर दयनिय छ।

प्रश्न, बाटो कसले बनायो कतिको अध्ययन गरेर बनाईयो कति गुणस्तरहिन बनायो कति दिन टिक्यो कुन मापदण्ड अनुसार बनाईयो कसरी पास भयो कतिको भ्रस्टाचारि गरियो जस्ता कुरामा अहिले त्यो ठाउँको अवस्था र भैइरहेको घटना दुर्घटना प्रति ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ।

किनभने त्यहाँ बस्ने छेउ छाउका बासिन्दा बाट बुझ्दै जादा रातिको बेला गुडने कतिपय टेम्पो कैयौंपटक दुर्घटना भैइसकेको छ।

साथै तिब्र गतिमा आईरहेको मोटरसाइकल पनि प्रायः अनियन्त्रित भएर लडने गरेको छ। अहिले यसो हेर्दा लगभग ९० देखि १००मिटर् बाटो बिग्रेको छ तर समयमै मर्मत संभारको काम भएन भने २५० मिटर देखि ३०० मिटर पनि बिग्रीनमा बेर लाग्ने छैन।

तसर्थ अप्रिय मानवीय छती हुनुभन्दा पहिला नै यसप्रति सजगताका साथ समबन्धित निकायले समयमै समस्याको समाधान गर्न जरुरी देखिन्छ।
नोट गतिलो कामको लागि पढेलेखेका नेता छान्नुपर्यो।

बुद्धि विवेक लाएर गतिलो पढेलेखेका ठेकेदार , काम गुणस्तरीय गराउनु पर्यो। तर गोबर गणेश नेता र महा गोबर गणेश ठेकेदार छानिएमा यस्तै यस्तै उदाहरणीय काम को नमुना हेर्न अनि सुन्न पाईन्छ।