मधेशटप डेस्क, फागुन १० गते ।

जनकपुरधाम :  जनता समाजवादी पार्टी जसपाको सुदृढीकरण तथा जनजागरण अभियान सोमबार रामगोपालपुर नगरपालिका वाडा न. ५ कञ्चनपुरमा  सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेता एवंम्  पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले  तराई मधेशमा एक मात्र पार्टी जसपा भएको बताउनुभयो ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले समाजवादको संकल्प लिएर हिडेका जसपा तराई मधेशमा  एकमुष्ट गरी लैजाने पार्टी भएको बताउनुभयो ।

उहाले हाम्रो पार्टीले बोकेको समाजबादको अभिभारा पूरा गर्न तपाइँ जनताको साथको आवश्यकता रहको बताउनुभयो ।

सो अवसरमा प्रमुख अतिथि पुर्व आन्तरिक मामिला तथा  कानुन् राज्य मंत्री सरोज सिहं कुशवाहा अतिथि  महोतरी  क्षेत्र न. ४ ख को राम सगर मण्डल, क्षेेत्रीय अध्यक्ष अशोक यादव, नगर इन्चार्ज सुरेश यादव , जिल्ला सदस्य , वडा अध्यक्ष लगायत  त्यही क्रममा १५ सदस्य सहित अधयक्षमा राम एकवाल मरर  चयन भएको नगर ईन्चार्ज यादवले बाताए ।