मधेशटप, फागुन ११ गते।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका(४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो ।

चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।