मधेशटप, फागुन ११ गते।
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।