मधेशटप, फागुन ११ गते।

रुपन्देही प्रहरीले ८ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सैनामैना १० फुलबारीबाट ८ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरेको हो।

प्रहरीका सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका(१० फूलबारीकी स्थानीय ३० वर्षीया हिमाकली रेश्मीको घरमा खानतलासी गर्दा ८ केजीगाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ परेकी रेश्मीलाई आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिएका छन।