मधेशटप डेस्क, फागुन ११ गते ।

सर्लाहीमा झारीमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले सालको काठ बरामद गरेको छ ।मंगलवार सई एकराज चौलागाई र रेन्जर गंगा चौधरीको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका–५ सिद्धार्थ चोक स्थित घर पछाडी बारीमा गन्दे झारमा लुकाइ राखेको अवस्थामा ४० क्यूफिट सालको काठ बरामद गरेको छ ।

बरामद गरिएको सालको काठ सागरनाथ वन परियोजनामा बुझाइएको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ ।बरामद गरिएको काठ करिब ८८ हजार बराबरको रहेको छ ।