मधेशटप डेस्क, फागुन ११ गते ।
गायक डिजराज पौडेलको झिल्केले म्वाई खालाु बोलको नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत् बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ।

गीतमा स्वर र संगीत डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ।गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्।

गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ। गायक पौडेलका तिमी आउने बाटोमाु, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौँला मोटर गाडीमा जस्ता गीतहरु लोकप्रिय रहेका छन्।

पौडेलले फरक जनराको भए पनि झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।