मधेशटप डेस्क, फागुन ११ गते ।

सप्तरीको डाक्नेश्वरि नगरपालिकाका ग्रामीण महिलाहरु ब्युटिशियन सम्बन्धि सीप सिकेर घरमै बसि आय आर्जन गर्न सकिने विश्वास ब्यक्त गरेका छन ।

डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा चोबटिया सामुदायिक विकास केन्द्र ब्रहमपुरको आयोजनामा आयोजित लघु उघम विकास कार्यक्रम अन्तरगत ब्युटिसिशन सम्बन्धि तालिमको समापन्न समारोहमा सहभागी ग्रामीण महिलाहरुले उक्त ब्युटिशियन सीप सिकेर घरमै बसेर दुई चार पैसा आय आर्जन गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

उक्त तालिममा ७० जना महिलाहरुको सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष अर्जुन कुमार यादवले जानकारी दिएका छन ।