मधेशटप डेस्क, फागुन ११ गते ।

जनकपुरधाम । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न. २ ठुलो कटीमा देवी मन्दिरको शिलान्यास भएको छ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले देवी मन्दिरको शिलान्यास गर्नु भएको छ ।

देवी मन्दिरको  शिलान्यासमा १५ लाखको लागतमा बन्दै भएकोले महोत्तरी जिल्ला सदस्य संजीव सिंहले जानकारी दिए ।

सो कार्यक्रममा नेपाल  विधुत प्राधिकरण  मधेश प्रदेशका अध्यक्ष सन्तोष मान  सिंह र जसपा नेपाल महोत्तरी जिल्ला सदस्य संजीव सिंह, संजय सिंह, मुद्दिन कवारी, वडा संयोजक रामविनय सिंह लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको।