मधेशटप डेस्क, फागुन ११ गते ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १०३ पीसीआर र ३ हजार ५९० एन्टिजेन गरि ८ हजार ६९३ परीक्षणका क्रममा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ।यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।