मधेशटप डेस्क, फागुन ११ गते ।

मधेश प्रदेशमा कोरोना संक्रमण दर घटदै गएको छ ।कोरोना संक्रमण दर घट्दै गएपछि मधेश प्रदेशको संक्रमितको संख्या ७ सय ७३ मा झरेको छ ।सक्रिय संक्रमितहरुमध्ये दुईजना अस्पतालमा उपचाररत्त रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।

पर्सामा रहेका संक्रमितहरुमध्ये दुईजना आइसीयुमा उपचाररत्त रहेका छन् । बाँकी सबै संक्रमितहरु होम आइसोलेशनमा रहेको स्वास्थ्य निर्देशनलय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए ।

सक्रिय संक्रमितहरुमध्ये सबैभन्दा बढी संक्रमित पर्सामा रहेका छन् । यहाँ २ सय ७६ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । त्यस्तै महोत्तरीमा १७६, बारामा १३३, सप्तरीमा १०१, धनुषामा ५५, रौतहटमा १३, सिरहामा १२ र सर्लाहीमा ७ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।

हालसम्म मधेश प्रदेशमा कोरोनाबाट ४१ ह्जार ३ सय ७३ जना संक्रमित भएकोमा ३९ हजार ५ सय ३९ निको भएका छन् भने १ हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।