मधेशटप फागुन १२ गते ।

जनकपुरधाम ;नेपाली कांग्रेसको यसअघि रोकिएको अधिकांश जिल्लाको अधिवेशन मिति सरेको छ।

कांग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन स्थगित गरेको हो।

यसअघि रोकिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो।पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको अधिवेशन फागुन २० गतेभित्र सम्पन्न गर्नेगरी व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ।

मत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन पूर्व निर्धारित समयमै हुने समितिले जनाएको छ।