बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा शिक्षक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आजबाट सेवा सुरु गरेसँगै बोदे बर्साईनमा नयाँ सहकारी थपिएको हो

संस्थाको आज औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको छ । शिक्षक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बोदे बर्साईनको अध्यक्ष देवानन्द यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने बोदे बर्साईन नगरपालिकाको मेयर आतेश कुमार सिंह यादवले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि यादवले सहकारी संस्थाले बचत संकलन र ऋण लिने दिनेमा मात्रै ध्यान नदिई उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभयो ।

बोदे बर्साईनमा साना उद्यमीहरु प्रसस्त रहेकाले उनीहरुसंगको सहकार्यमा उत्पादनमुलक काम गर्न सुझाव दिनुभयो।यादवले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले शेयर सदस्यहरुलाई व्यावसायिक बनाउनेतर्फ सहकारीको योजना केन्द्रित हुनुपर्ने बताए ।

‘सहकारी बचत गर्ने र ऋण लगानी गर्नेमा मात्र सीमित हुनुहुँदैन’, उनले भने, ‘राज्यसँग मिलेर आर्थिक विकासमा समेत काम गर्नुपर्छ ।’

मेयर यादवले मैनवती वालेर शिक्षक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बोदे बर्साईनको कार्यक्रम उद्घघाटन गरेका थिए।

कार्यक्रमको अतिथि श्री चन्द्रा नमुना मा बिधालयको प्रअ गौरी शंकर चौधरी , शिक्षक बिनय कुमार यादव, राजिन्द्र प्रसाद यादव , कुलानन्द यादव ,लगायत श्री चन्द्रा नमुना माध्यमिक बिधालयको कर्मचारीहरु , बिधालय व्यवस्थापन समितिको सदस्य बिध्या नारायण यादव ,पत्रकार उमेश कुमार साह लगायतका दर्जनौं अतिथिहरुको सहभागीता रहेको थियो।