मधेशटप फागुन १२ गते ।

धनुषाको हँसपुर नगरपालिकाको कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् ।हँसपुर नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द मण्डलले फर्जी कागजात तयार गरेर अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बिहिबार बलिराम कापरीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाएका हुन् ।

नगर प्रमुख मण्डलले कार्यालयमा आफू अनुकूलको अधिकृत ल्याउन कार्यपालिकाको फर्जी बैठक राखेर तथा फर्जी कागजात तयार गरेर अधिकृत अधिकारीलाई यहाँबाट सरुवा गराएको स्थानीय युवा कापरीले बताएका छन ।

उनले अधिकृत अधिकारीको स्थानमा यसअघि जिल्ला विकास समिति धनुषामा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दा खेपिसकेका रामभजन यादवलाई यहाँ ल्याउने तयारी गरेपछि त्यसको विरोधमा कार्यालयमा ताला लगाएको जानकारी दिए ।

यसअधिका अधिकृत अधिकारीलाई मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा काज सरुवा गरी पठाएको उनले बताएका छन ।