मधेशटप समाचारदाता,

विष्णु गुप्ता,

महोत्तरी : जिल्ला खेलकुद विकास समिति महोत्तरी का एथलेट प्रशिक्षक चंदेश्वर झा को निधन भएको छ । मंगलवार बेलुका ६ बजे आफ्नै निवासमा उनको निधन भएको परिवार जनले जनाएका छन ।

परिवार का अनुसार विगत वर्ष देखी कैंसर रोग बाट पिडित झा को भारत को दिल्ली लगायत नेपाल को काठमाण्डौ र चितवनमा मा उपचार चल्दै आई रहेको थियो ।

महोत्तरी जिल्ला को हाल पिपरा गाउँपालिका वडा न.०४ पिपरामा जन्मिएका झाले खेलकुद का साथ-साथ राजनीति र समाज सेवामा पनि आफ्नो निकै पहिचान बनाएका थिए ।

२०४४ साल मा रा.रा.व कलेज जनकपुरधाम बाट ने.वि.संघ को निर्वाचित सदस्य रहेका झा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन को विद्यार्थी नेता को रूपमा परिचित भए साथै मधेश मूवमेंटमा पनि आफ्नो अहम योगदान दिएका झा ले खेलकुद बाट आफ्नो राष्ट्रिय पहिचान बनाउन सफल भएका थिए ।

भलिबल खेलाडी को राष्ट्रिय पहिचान पाएका झाले महोत्तरी जिल्ला को एथेलेटिक्स खेल लाई अगाडी बढाउन आफ्नो योगदान दिए पष्चात जिल्ला स्तर देखी राष्ट्रिय स्तर समम् उहाँ बाट प्रशिक्षण पाएका खेलाडीहरु सफल भएका छन ।