मधेशटप फागुन १२ गते ।

दाङ ;रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भूमे गाउँपालिकाको(५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुईजना मजदुरको ज्यान गएको हो ।

मृत्यु हुनेमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका(१४ का करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन् ।

दुर्घटना पश्यात गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम पूर्व अस्पतालमा लागिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

ढुंगा झार्ने क्रममा पल्टिदा टिपर अन्दाजी १० १५ मिटर तल खसेको थियो । टिपर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।