मधेशटप फागुन १२ गते ।

काठमाडौं युक्रेनमा हवाई क्षेत्र बन्द गरिएको छ। बिहीबार रुसले आक्रमण थालेसँगै युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ।

यात्रुवाहक विमानको उडान सुरक्षा “उच्च जोखिम”मा रहेका कारण किभको समय अनुसार पौने तीनबजेदेखि सबै उडान रद्द गरिएको हो।

युक्रेनले रुसको पाँचवटा विमान र एउटा हेलिकोप्टर खसालिदिएको जनाएको छ। तर रुसले भने त्यसलाई अस्वीकार गरेको छ।

युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको छ।

अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्।