मधेशटप फागुन १२ गते ।

काठमाडौं एमसीसी विरुद्धको आन्दोलनका क्रममा एक व्यक्ति गम्भीर घाइते भएका छन्।बिहीबार काठमाडौंको बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा उनी गम्भीर घाइते भएका थिए।

घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई ट्रमा सेण्टरमा रिफर गरिएको छ।

चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै रिफर गरेपछि एम्बुलेन्सबाट थप उपचारका लागि उनलाई ट्रमा सेन्टर पुर्‍याइएको छ। उनको पहिचान भने खुलेको छैन।

बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले हिंसात्मक हुदै गएपछि प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। त्यस्तै प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेहरुमाथि प्रहरीले लठी प्रहार गरेको थियो ।