मधेशटप फागुन १२ गते ।

वीरगञ्ज;  वीरगञ्जबाट प्रहरीले भन्सार छलीको सामान बोकेको आरोपमा कन्टेनर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बुधबार राति वीरगञ्ज महानगरपालिका १६ बाट गणेशटोल स्थित खण्डमा एनएल ०१ एल ६५४८ नम्बरको माल बाहक कन्टेनरलाई रोकेर जाँच गर्दा भ्याट बिलमा भएको भन्दा बढी खुद्रा मालबस्तुहरू ल्याएको फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले कन्टेनर सहित चालक भारतको उत्तर प्रदेश औरैया जिल्ला तैसिल बस्ने २९ वर्षीय सुनिल कुमारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाइएको छन ।
उनको साथबाट विभिन्न किसिमका चक्लेट तथा बिस्कुटहरू बरामद गरिएको प्रहरीले जनाएको छ
समानसहित कन्टेनर को मुल्य ५५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।