मधेशटप फागुन १२ गते ।

स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर कैनीले गजलसंग्रह सार्वजनिक गरेकी हुन् ।

एल्बममा समावेश गीतमा सत्यराज आचार्य, मिलन नेवार, सागर अधिकारी ‘शरद’ र निशा देसारको स्वर छ, भने सागर अधिकारीको एकल संगीत, शाहस शाक्य तथा संजय श्रीपालकोे संगीत संयोजन छ ।

शुरेन बस्यालको निर्देशन रहेको भिडियोमा केकी अधिकारी, प्रिन्स विश्वकर्मा, महेश खड्का, रवीना केसी र शिला गजुरेलको अभिनय देख्न सकिन्छ ।उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

२०४७ सालदेखि गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा कैनीको सक्रियता रहँदै आएको छ ।